बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन्। मंगलबार मधेस प्रदेससभालाई सम्बोधन गर्दै उनले झन्डै दुई तिहाई बहुमत भएको यो सरकार आगामी चुनावसम्मै टिक्ने पनि बताए।
‘कसैलाई सरकार ढाल्ने शोखजस्तै भएको छ। अब उनीहरू पनि थाके। सरकार बन्दाखेरि नै त्यस्तै भनेका थिए। दुई पार्टीको संकल्प छ। हामी चुनावसम्मै सँगै जान्छौं। चुनाव गराउँछौं र त्यसपछिको परिस्थिति त्यही बेला थाहा हुन्छ’ उनले भने ‘यो सरकार ढल्ने त कुरा छोड्नुस् हल्लिदाँ पनि हल्लिन्न।’
उनले देशलाई अलि अप्ठ्यारो परेका हुनाले देशका ठूला, इतिहास बोकेका र योगदान गरेका पार्टी नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको पनि प्रस्ट पारे।
‘सत्ता फेरिइरहने, सधै हुने अस्थिरतालाई रोक्नका लागि यो सरकार बनेको हो’ उनले भने ‘मात्रै सत्ता फेर्नका लागि बनेको यो समिकरण होइन।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया