
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार कुनै पनि हालतमा नढल्ने बताएका छन्। मंगलबार मधेस प्रदेससभालाई सम्बोधन गर्दै उनले झन्डै दुई तिहाई बहुमत भएको यो सरकार आगामी चुनावसम्मै टिक्ने पनि बताए।
‘कसैलाई सरकार ढाल्ने शोखजस्तै भएको छ। अब उनीहरू पनि थाके। सरकार बन्दाखेरि नै त्यस्तै भनेका थिए। दुई पार्टीको संकल्प छ। हामी चुनावसम्मै सँगै जान्छौं। चुनाव गराउँछौं र त्यसपछिको परिस्थिति त्यही बेला थाहा हुन्छ’ उनले भने ‘यो सरकार ढल्ने त कुरा छोड्नुस् हल्लिदाँ पनि हल्लिन्न।’
उनले देशलाई अलि अप्ठ्यारो परेका हुनाले देशका ठूला, इतिहास बोकेका र योगदान गरेका पार्टी नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको पनि प्रस्ट पारे।
‘सत्ता फेरिइरहने, सधै हुने अस्थिरतालाई रोक्नका लागि यो सरकार बनेको हो’ उनले भने ‘मात्रै सत्ता फेर्नका लागि बनेको यो समिकरण होइन।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया