
बिएल संवाददाता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरूले निर्माण गरेका सम्पदाहरूको महत्वलाई बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनर्निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले सम्पदाहरूको महत्वलाई बढाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव गर्ने अवस्थामा छौं। हाम्रा पूर्खाहरूले निर्माण गरेका सम्पदाहरूको महत्वलाई हामीले कसरी बढाउन सकिन्छ त्यो गर्नुपर्ने आवश्यक छ।’
साथै उनले हाम्रो प्रकृतिपनि विविधतापूर्ण रहेकाले यसलाई पनि विश्वव्यापी प्रचार गर्नुपर्ने बताए। उनले अभौतिक र भौतिक सम्पदा दुईवटालाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर लिएर जानुपर्ने अवस्था आएको बताए।
उनले भने, ‘हाम्रो जुन विविधतापूर्ण संस्कृति छ यसलाई जोगाउनका लागि निरन्तर निर्वाह गर्नुपर्ने भूमिका आफ्नो आफ्नो ठाउँमा निर्वाह गर्नुपर्छ। प्रकृति पनि हाम्रो विविधतापूर्ण छ। यसलाई पनि हामीले विश्वव्यापी प्रचार गर्नुपर्ने छ। प्रचार भयो भने संसारभरीका मानिसहरू नेपालमा आउने र हाम्रो प्रकृतिबाट लाभावन्वित हुनेछन्। हामीसँग धेरै भाषा, भेषभूषा छन्। धेरै संस्कृति चाडपर्व छन्। विभिन्न खानपानका परिकारहरू छन्। यी र यस्ता अभौतिक र भौतिक सम्पदा दुईवटैलाई जोडेर र जोगाएर सिंगो नेपाललाई एउटा खुला संग्राहलय जस्तो बनाएर जानुपर्ने अवस्था छ।’
मन्दिर पुनर्निर्माणको लागि ८० प्रतिशत आर्थिक सहयोग जापानी राजदुतावासको रहेको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया