बिएल संवाददाता
सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्रसिंह ठगुन्नामाथि सांघातिक आक्रमण भएको छ।
उनी माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता हुन्।
शनिबार राति उनीमाथि अपरिचित समुहले सांघातिक आक्रमण गरेको माओवादीका नेताहरूले बताएका छन्।
ठगुन्नाको अनुहार र शरीरका केही भागमा चोट लागेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्लले ठगुन्नामाथि आक्रमण गर्नेहरूलाई कडा कारबाहीको माग गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियू अध्यक्ष नरेन्द्र सिह ठगुन्नामाथि गत राती भएको सांघातिक आक्रमण निन्दनीय छ। आक्रमणकारीलाई सख्त कारबाहीको माग गर्दछु।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया