बिएल संवाददाता
दोस्रो पटक कार्यकाल सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकीहरू सडकमा उत्रिएका छन्। अमेरिकाका लगभग पचासै राज्यका १२ सयभन्दा धेरै स्थानहरूमा ठूलो संख्यामा मानिसले राष्ट्रपति ट्रम्प र उनका सहयोगी अर्बपति ब्यापारी एलोन मस्कविरुद्ध नाराबाजी गरिरहेका छन्।
स्वत:फूर्तरूपमा सडकमा निस्किएका अमेरिकी नागरिकको यो अभियानलाई ‘ह्यान्ड्स अफ’ भन्ने नाम दिइएको छ। यसको मतलव ट्रम्प र उनको मस्क प्रशासनले आम नागिरकको मामिलामा दखल नदेउ भन्ने हो।
ट्रम्प प्रशासन सुरुवातादेखि नै कैयौं विवादित, जोखिम र चुनौतीपूर्ण निर्णयहरू गरिरहेको छ। आप्रवासीसँग निकै निर्मम भइरहेको ट्रम्प प्रशासनले अमेरिकी मूलकै नागरिकसमेत प्रभावित हुनेगरी कैयौं निर्णयहरू गरिरहेका छन्।
कतिपय कार्यकारी आदेशहरू अदालतले रोक्दारोक्दै पनि लागु गरिएका छन्। ट्रम्पले यो कार्यकालमा देशको खर्च कटौती गर्ने एउटा निकायको जिम्मेवारी एलोन मस्कलाई दिएका छन्।
ट्रम्पको चुनावमा सबैभन्दा धेरै खटिएका मस्कले अहिले अदृश्यरुपमा अमेरिकी प्रशासन चलाइरहेका छन्। र लाखौं कर्मचारीहरूलाई निस्कासित गरेका छन्। युएसएडजस्ता कैयौं वैश्विक अनुदानहरू रोकिएका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया