बिएल संवाददाता
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले पार्टी कमिटीलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले सिन्धुलीको पाँचौं सचिवालय बैठकमा बोल्दै भट्टराईले राजनीतिक दलले जनताको विचार बोक्न सक्नुपर्ने बताए। जनताको विचार बोकेर समय अनुसार परिमार्जित हुँदै अघि बढ्ने पार्टी सधैं नयाँ हुने उनको धारणा छ।
‘जनताको विचार बोक्न नसक्ने पार्टी मात्रै बुढो हुने हो’, भट्टराईले भने।
नेकपा एमाले स्पष्ट विचार र दृष्टिकोण बोकेको पार्टी भएकोले यो पार्टी सधैं नयाँ हुने उनको भनाइ छ। जनताको बहुदलीय जनवाद बोकेर अघि बढेको पार्टी भएकोले एमाले सधैं नयाँ जोस, विचार र सोचका साथ अघि बढेको भट्टराईको धारणा छ।
एमालेले समाजलाई हानी हुने काम कहिल्यै पनि नगर्ने बताउँदै उनले एमाले गलत गर्नेलाई बचाउने पार्टी पनि नभएको स्पष्ट पारे। एमालेले जरा केन्द्रीत अभियानका क्रममा जनताको समस्या र गुनासो सुन्ने र त्यसको सम्बोधन हुने गरी नीति बनाउने उनको धारणा छ। उनले एमालेका नेता कार्यकर्तालाई जनताबाट टाढा नबस्न निर्देशन दिए।
बैठकले पार्टी सदस्यता नवीकरण र विस्तारको काममा लाग्ने, बैशाख ६ र ७ गते जिल्ला कमिटीको बैठक गोलञ्जोर गाउँपालिकाको खनियाँखर्कमा आयोजना गर्ने, चैत ३० गते नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया