
बिएल संवाददाता
रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र डा. सीके राउतको जनमत पार्टीबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
नाम र चुनाव चिह्न जुराइसकेको पार्टीको एकतापछि नेताहरूको व्यवस्थापनमा समेत सहमति जुटिसकेको छ।
एकता पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ र चुनाव चिह्न ‘ढकिया’ रहने गरी सहमति भइसकेको छ। त्यस्तै नयाँ बन्ने पार्टीको संरक्षकसहित पहिलो वरियतामा रेशमलाल चौधरी रहने सहमति दुई पार्टीबीच भएको छ।
त्यस्तै, कार्यकारी अध्यक्षसहित दोस्रो बरियतामा डा. राउत र रञ्जिता श्रेष्ठ चौधरीलाई अध्यक्षसहित तेस्रो वरियतामा राखिने सहमति जुटेको बताइएको छ।
दुई पार्टीबीच एकता भएर बन्ने नयाँ पार्टीको आगामी वैशाख १५ गतेभित्रै औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया