बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ।
सोमबार पार्टीका कार्यलय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली (मंगलबार) गर्ने प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुने बताए।
यो पनि-
उनले भने, ‘मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले निष्कर्ष निकालेको छ। प्रदर्शन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ। विरोध प्रदर्शन भद्र अवज्ञाको रुपमा, सत्याग्रहको रुपमा हामीले अगाडि बढाउँछौं।’
लिङ्देनले आफ्नो जिवनकालमा देशमा परिवर्तन देख्न चाहने कुशासन, भ्रष्टाचार राज्य आतंकको अन्त्य गर्नको लागि प्रदर्शनमा सहभागी हुन सबैलाई आग्रह गरे।
राप्रपाले मंगलबार बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी समेत दिएको छ।
लिङ्देनले मंगलबार हुने आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्ने भन्दै त्यसलाई रोक्न हजारौँ स्वयंसेवक खटाइने बताए।
उनले भने,‘बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्नेछौं। आमसभामा हिंसा भड्काउने प्रयास हुनसक्छ त्यसलाई रोक्न हामी हजारौं स्वयंसेवक खटाउने छौं। मंगलबार ९ बजेबाटै कार्यक्रमस्थलमा स्वयंसेवकहरू हुनेछन्।’
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया