बिएल संवाददाता
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा चलान गरिएको छ।
कारागार प्रमुख सुरेश भण्डारीले लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको जानकारी दिएका छन्।
उक्त ब्लकमा १० जना कैदी राख्ने क्षमता छ। तर, रविलाई त्यहाँ एक्लै राखिएको छ। कारागार प्रशासनका अनुसार अन्य कैदी तथा थुनुवा नभएकोले रविलाई एक्लै राखिएको हो।
भैरहवा कारागारमा ४ वटा ब्लक छन्। जसमध्ये ब्लक नम्बर १ र २ मा अरु कैदी तथा थुनुवाहरूलाई राखिएको छ भने ३ नम्बर ब्लकमा महिला कैदी तथा थुनुवा छन्।
भैरहवा कारागारमा समान मुद्दामा रविका पूर्वसहकर्मी तथा पूर्व डीआईजी छविलाल जोशी पनि छन्। तर, रविलाई एक्लै राखिएको कारागार प्रशासनले जनायो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।
अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै बस्नुपर्ने छ। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए।
शनिबार बिहान उनलाई विमानमार्फत भैरहवा लगिएको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया