बिएल संवाददाता
रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा चलान गरिएको छ।
कारागार प्रमुख सुरेश भण्डारीले लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको जानकारी दिएका छन्।
उक्त ब्लकमा १० जना कैदी राख्ने क्षमता छ। तर, रविलाई त्यहाँ एक्लै राखिएको छ। कारागार प्रशासनका अनुसार अन्य कैदी तथा थुनुवा नभएकोले रविलाई एक्लै राखिएको हो।
भैरहवा कारागारमा ४ वटा ब्लक छन्। जसमध्ये ब्लक नम्बर १ र २ मा अरु कैदी तथा थुनुवाहरूलाई राखिएको छ भने ३ नम्बर ब्लकमा महिला कैदी तथा थुनुवा छन्।
भैरहवा कारागारमा समान मुद्दामा रविका पूर्वसहकर्मी तथा पूर्व डीआईजी छविलाल जोशी पनि छन्। तर, रविलाई एक्लै राखिएको कारागार प्रशासनले जनायो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।
अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै बस्नुपर्ने छ। शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए।
शनिबार बिहान उनलाई विमानमार्फत भैरहवा लगिएको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्र अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको हो।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया