बिएल संवाददाता
तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईं पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राकेशलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।
तीनकुनेबाट भागेका दुर्गा पेरिसडाँडास्थित राकेशको घरमा लुकेको तथ्य भेटिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी स्रोतले बतायो।
प्रसाईंलाई भगाउन उनको संलग्नता हेरेर म्याद थप गर्ने वा सोधपुछ मात्र गरेर छाड्ने टुंगो लाग्ने प्रहरीले जनायो।
तीनकुने घटनामा २ जनाको ज्यान जानुका साथै कयौं निजी र सरकारी भवनहरूमा क्षति पुगेको थियो।
काठमाडौंबाट भागेका प्रसाईं भारत पुगिसकेको आशंका गरिएको छ। प्रहरीले भने नेपालमै रहेको दाबी गर्दै छिट्टै पक्राउ गर्ने बताउँदै आएको छ।
सोही घटनामा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवल शमशेर राणालगायत ७० जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया