बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान भएका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार चलान गरेको हो।
यतिबेला लामिछानेको जिल्ला कारागारमा स्वास्थ्य परिक्षण गरिँदै छ। जिल्ला अदालतले थुनुवा पूर्जी दिएपछि लामिछानेलाई कारागार चलान गरिएको हो।
शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो।
शुक्रबार राति नै लामिछाने काठमाडौंस्थित निवासबाटै पक्राउ परेका थिए। शनिबार बिहान उनलाई रुपन्देही लगिएको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले लामिछानेलाई आज अदालतमा पेस गरिएको हो।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया