बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि ‘भारतले उचाल्यो’ भन्ने हल्ला झुटो रहेको दाबी गरेका छन्।
सोमबार गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा उनले राजतन्त्र फर्काउन भारत लागेको हल्ला मात्रै रहेको दाबी गरेका हुन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नै नयाँदिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको र भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको बताएको देउवाको दाबी छ।
देउवाले भने, ‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ। यहाँ आदित्यनाथको फोटोसमेत छापियो। तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन, नेपाली जनताले जे चाह्यो त्यही हुन्छ। म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ। त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ।’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया