बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि ‘भारतले उचाल्यो’ भन्ने हल्ला झुटो रहेको दाबी गरेका छन्।
सोमबार गणेशमान सिंह फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा उनले राजतन्त्र फर्काउन भारत लागेको हल्ला मात्रै रहेको दाबी गरेका हुन्।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नै नयाँदिल्लीस्थित नेपाली दूतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टिकरण दिइसकेको र भारत नेपाल, गणतन्त्र र प्रजातन्त्रको पक्षमा रहेको बताएको देउवाको दाबी छ।
देउवाले भने, ‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ। यहाँ आदित्यनाथको फोटोसमेत छापियो। तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन, नेपाली जनताले जे चाह्यो त्यही हुन्छ। म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ। त्यस कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित छ, प्रजातन्त्रसित छ।’
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया