सामाजिक सञ्जालको दुरुपयोगले निराशा फैलाउने काम भयोः प्रकाशशरण महत
प्रवक्ता डा.महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको स्वीकार्दै अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे। नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार हुन सक्ने बताउँदै डा. महतले हाल देखिएको हाइड्रो पावरमा लगानीको आकर्षणले नेपाललाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्ने उल्लेख गरे।
बिएल संवाददाता - दुबई