ओडिसा सरकारद्वारा नेपाली विद्यार्थीमाथि दुर्व्यवहारको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन
समितिले नेपाली विद्यार्थीमाथि विश्वविद्यालय प्रशासनबाट भएको शक्तिको दुरुपयोग सम्बन्धि छानबिन गर्ने र उनीहरूलाई कानूनीरुपमा जबाफदेही बनाउने ओडिसा राज्य सरकारको सूचना विभागले विज्ञप्तिमार्फत जनाएको छ। घटनालगत्तै मुख्यमन्त्री मोहनचरण माझीले विश्वविद्यालयको अनुगमन गरेका थिए। उनले विद्यार्थीमाथि भएको दुर्व्यवहार तथा शक्तिको दुरुपयोगको छानबिन गरिने प्रतिवद्धता गरेका थिए।
बिएल संवाददाता - काठमाडौं