शानदार मःम पसलमा ग्याँस विस्फोट हुँदा घाइते थप एक जनाको मृत्यु
काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा थप एक जनाकाे मृत्यु भएकाे छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाकाे मृत्यु भएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं