आज दुईवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ। आज महिला तथा सामाजिक मामिला समित र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो। महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १२ बजे सिंहदरबारमा बस्नेछ। बैठकामा ‘सिड’ को आधारभूत सिफारिस नम्बर ३९ सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ