बिएल संवाददाता
ललितपुर महानगरपालिकाले आयोजना गरेको नदीजन्य विपद् व्यवस्थापनको तालिम समापन भएको छ।
मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच १८ दिने उक्त तालिम समापन गरिएको हो। गत जेठ २८ गतेदेखि सुरु भएको सामूदायिक प्रकोप स्वयंसेवक तालिम र असार ८ गतेदेखि सुरु भएको र्याफ्ट डुङ्गा राउडलिङ र पानी उद्धार तालिमको सुरु गरिएको थियो।
त्यस्तै मंगलबार ललितपुरको टौदहमा डुंगा प्रयोग गरेर उद्दारको डेमो समेत प्रस्तुत गरिएको थियो।
ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले खरिद गरेको चारवटा डुंगा प्रयोग गरेर उद्दारको तालिम प्रदान गरिएको जानकारी गराए।
उनले भने,‘हामीसँग उद्धारका लागि सबै सामग्री छ भन्ने अनुभूति गरेको थियौं। तर गत असोज ११ र १२ गतेपछि थाहा भयो कि हामीले डुंगाको व्यवस्था गर्नुपर्ने रहेछ। त्यसपछि पाँचवटा डुंगा किन्ने भनेर अघि बढेका थियौं। चार वटा डुंगा डेलिभरी भइसकेको छ। त्यही डुंगामा तालिम गराएर दिक्षित हुनु भएको छ।’
त्यस्तै उनले विपद् उद्दारको लागि तालिम दिएर तयारी अवस्थामा ललितपुर महानगर रहेको पनि बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया