बिहिबार, १३ नोभेम्बर २०२५

नाग पञ्चमीः किन गर्ने नागको पूजा?

वास्तवमा साउन १ गतेदेखि चाडपर्वहरु सुरु हुन्छ। वर्ष दिनमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुने भएकाले त्यसलाई उत्तरायण र दक्षिणायन भनेर बुझ्ने गरिन्छ। साउने सङ्क्रान्तिबाट सूर्यले दक्षिणतर्फको यात्रा तय गर्ने भएकाले यस दिनलाई दक्षिणायन भनिएको हो। साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुको पवित्र महिना भएकाले विभिन्न चाडपर्व सुरु हुने गरेका छन्। उत्तरायण प्रारम्भ भएपछि भने चाडपर्वहरु सकिन्छन्। हाम्रा जतिपनि चाडपर्वहरु छन् ति सबै किसान र कृषिसँग सम्बन्धित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्राधिकरणका दुई सञ्चालक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक  कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रिय सुरक्षा सल्लाहकारसम्बन्धी निर्देशिका खारेज

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा शर्त तथा सुविधासम्बन्धी निर्देशिका, २०८० खारेज गर्ने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टेडिकेटेड–ट्रंकलाइन विवाद: प्राधिकरणले लेखा समितिलाई बुझायो टिओडी मिटरको प्रमाण

नेपाल विद्युत प्राधिकरणले संघीय संसदअन्तरगत सार्वजनिक लेखा समितिलाई टिओडी (समयअनुसार खपत युनिट देखाउने मिटर) मिटरको लोड प्रोफाइलसहितको टेडा डाउनलोड गरेर बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

स्वयम्भुबाट देखिएकाे काठमाडाैँ (तस्बिरहरू)

आंशिक रूपमा बादल रहेपनि उपत्यकाकाे दृश्य मनमाेहक देखिएकाे छ। यही माैसममा देखिएका धरहरा, स्वयम्भूनाथलगायतका दृश्यले अझै काठमाडाैँलाई आकर्षक बनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डेडिकेटेड–ट्रंकलाइन विवाद: भैरहवाका ४ उद्योगीले बुझाए बक्यौता

आधा दशकदेखि विवादमा रहेको डेडिकेटेड–ट्रंकलाइन महसुल विवादमा भैरहवा क्षेत्रका ४ उद्योगीले विवादकैबीचमा बक्यौता महसुल बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कानुन समितिबाट टीआरसी विधेयक सर्वसम्मत पास

प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक सर्वसम्मत पास गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिकाे बैठकले टीआरसी विधेयक सर्वसम्मत पास गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली आकाश असुरक्षित भयो, जाँचबुझ आयोग गठन गरौँ: मन्त्री पाण्डे

‘अब हामीले सधैँ छानबिन आयोग, जाँचबुझ आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन ढिलाई गर्ने र आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नजाने हो भने नेपाली आकाश थप जटिलतामा फस्दै गयो भनेर बुझे हुन्छ। एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे मन्त्रिपरिषद्मा पनि लामो छलफल भयो, अब नेपालको समग्र हवाई सुरक्षाको बारेमा अध्ययन गर्नुपर्दछ। सिस्टममाथि नै अध्ययन गर्नुपर्ने जरुरी देखियो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भू–संरक्षण र जलाधार व्यवस्थापनमा संवेदनशील नभए अवस्था भयावह हुनसक्छ: गणेश पौडेल (अन्तर्वार्ता)

नेपालमा पहिला भू तथा जलाधार संरक्षण विभाग थियो अहिले वन तथा भू संरक्षण विभाग भएको छ। नेपालमा जलाधारको समुचित व्यवस्थापन बिना समृद्धि सम्भव छैन। जलाधारको समुचित व्यवस्थापन गर्न नसके अझ बढि विपद् र डुबान, बाढी पहिरो, खानेपानीको संकट र मरुभूमिकरणको यात्रा तय हुनु हो। अहिले विश्वव्यापी रुपमा नै जलवायु परिवर्तन र जलाधार व्यवस्थापनलाई जोडेर हेर्ने गरिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेलिकप्टर दुर्घटनाकाे छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन

‘यो घट्नाको छानबिनका लागि जाँचबुझ गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो’, उनले भने, ‘समितिमा नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक र सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन्। जाँच आयोगको कार्यअवधि काम सुरु भएको मितिदेखि ३० दिन हुनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको बैठकमा ११ एजेण्डा छलफलका लागि पेस

उनले भने, ‘आज एजेण्डा छलफलका विषयवस्तुहरु प्रस्तुत भए। ११ वटा विषय वस्तुहरु प्रवेश भएको छ। पहिलो विषय छ। केन्द्रीय समितिमा पदाधिकारीहरुले तयार गरेको परिमार्जित प्रस्ताव उपर छलफल हुन्छ, त्यो भोलिबाटै हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। हेलिकप्टार दुर्घटनाका सम्बन्धमा आकस्मिक बैठक बोलाइएको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुर्घटनाग्रस्त हेलिकप्टरमा चिनियाँ पर्यटक सवार (सूचीसहित)

काठमाडौँबाट पर्यटक बाेकेर रसुवाको स्याफ्रुबेसीतर्फ उडेको हेलिकप्टर बुधबार दिउँसो शिवपुरीकाे सूर्यचौरमा दुर्घटनामा भएकाे हो। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित ५ जना सवार रहेकाे नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ। बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयकमा के-के भयो सहमति? (पूर्णपाठ)

सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबीच सहमति भएको छ। साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसीकाे प्रतिवेदन बुझेपछि प्रचण्डले भने- नयाँ सरकार गठनपछिकाे याे एउटा राम्रो काम ठान्छु

उनले भने, ‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चहान्छु। यसलाई संसदको समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस् र आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतीतिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चहाना छ र सरकारसँग यसको लागि आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिआरसी विधेयक संसदकाे यसै अधिवेशनबाट पारित गर्छौं: प्रधानमन्त्री ओली

उनले शान्ति प्रक्रियाको अन्तिम किस्ताका रुपमा यो सहमतिको प्रतिवेदन प्राप्त भएकाले अब कानुनी आधार दिन कुनै अन्योल र द्धुविधा नभएकाले संसदकाे यसै अधिवेशनबाट सर्वसम्मतिका साथ विधेयक पारित गराउने प्रतिबद्धता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टीआरसी विधेयक: कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ। बुधबार प्रधानमन्त्री कार्यलयमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संयोजक गृहमन्त्री रमेश लेखकले प्रतिवेदन बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं