०८४ मा कुलमानलाई ‘प्रधानमन्त्री’ बनाइ छाड्ने समर्थकको मिसन
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीविरुद्ध उनका समर्थकहरूले आन्दोलन जारी राखेका छन्। २०७८ साल साउन २५ गते नियुक्त भएका घिसिङको कार्यकाल आगामी साउन २५ गते सकिँदै थियो। तर, साढे चार महिना कार्यकाल बाँकी छँदै सरकारले उनलाई हटाएको भन्दै समर्थकहरू सडकमा आएका हुन्। आइतबार माइतीघरमा कुलमानका समर्थकहरूले विरोध प्रर्दशन गर्दै, आउने ०८४ को चुनावमा घिसिङलाई प्रधानमन्त्री बनाएर देखाउने भन्दै सरकारलाई चुनौती दिएका छन्। प्रदर्शनमा सहभागी मष्टो धर्म संरक्षक समितिका अध्यक्ष थर्कबहादुर बस्नेतले आगामी ०८४ मा प्रधानमन्त्री कुलमान घिसिङलाई नै बनाउनपर्छ भन्ने उद्देश्यकासाथ आफूहरू अघि बढेको बताए। कुलमानलाई बर्खास्त गरेको सरकार अब आफैं बर्खास्त हुने चेतावनी समेत उनले दिए।
बिएल संवाददाता - काठमाडौं