अब लागु हुनेछ ट्रम्पको ‘बिग ब्यूटिफुल बिल’, के छन् यसका विशेषताहरू?
ट्रम्पले यसलाई अमेरिकी ‘स्वतन्त्रता दिवसको सबैभन्दा महत्वपूर्ण र ऐतिहासिक उपहार’ भनेका छन्। त्यो विधेयक पारित गर्न जुलाई ४ का लागि ट्रम्पले अन्तिम समय दिएका थिए। जुलाई ४ अमेरिकी स्वतन्त्रता दिवस पनि हो। निकै रस्साकस्सी र विवादका बीच यो विधेकका पक्षमा २१८ र विपक्षमा २१४ मत परेको थियो। आफ्नो कार्यकालका लागि ट्रम्पले यसलाई निकै महत्वपूर्ण जिते ठानेका छन्। यो विधेयक लागु भएसँगै आगामी १० वर्षमा अमेरिकाको वित्तीय घाटामा थप ३३ अर्ब डलरभन्दा धेरै भार पर्ने र दशौं लाख मानिसहरू स्वास्थ्य बिमाबाट वञ्चित हुनसक्ने अनुमानअनुसार यो विधेयकको आलोचना भएको थियो। तर ह्वाइट हाउसले भने त्यसलाई अस्वीकार गरेको छ।
बिएल संवाददाता - काठमाडाैं