एमालेसँग एकताबारे प्रचण्डः नराम्रोसँग धोका खाइयो, ‘इनफ इज इनफ’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्काल एमालेसँग मिलेर बाम एकता सम्भव नरहेको टिप्पणी गरेका छन्। शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुभारम्भका लागि डडेलधुरा पुगेका प्रचण्डले अहिले तत्काल र ०८४ को चुनावसम्म पनि वामपन्थी एकताको सम्भावना नरहेको बताए। उनले आफूले यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भनेको जिकीर गरे। उनले भने, ‘हामीले पहिलै वामपन्थी एकता होस् भनेर चाहना राखेकै हो, प्रस्ताव गरेको पनि हो, एकता भएको पनि हो तर त्यो तोडियो। फेरि पनि एकचोटी हुन्छ त भनेर बल गरेको हो तर नराम्रोसँग धोका खाइयो, पार्टीले मात्र होइन, नेपाली जनतालाई पनि धोका भयो, त्यसकारण इनफ इज एनफ।’
बिएल संवाददाता - डडेल्धुरा