बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी)ले सुमिरे टुर एन्ड ट्राभल्स आफ्नै कम्पनी भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले ‘चोरेर खानेहरूले गरिखानेहरूलाई’ निराधार आरोप लगाउने गरेको आरोप लगाए।
शनिबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सुमिरे टुर एन्ड ट्राभल्सले भिजिट भिसामा नेपालीलाई जापान पठाएर अर्बौं कमाएको बताएका थिए। तर उनले त्यो कम्पनी कस्को हो भनेर भनेका थिएनन्।
सांसद अर्यालले आफ्नै ट्राभल्स कम्पनीको नाम सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपलाई स्पष्ट रुपमा अस्वीकार गरे।
‘सुमेरे टुर एण्ड ट्राभल्स मेरो कम्पनी हो। म यो देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन,’ उनले भने, ‘मेरो समय ठीक चलिरहेको छ। अरुको घडीको समय बिग्रेको छ भने म के भनौं?’
उनले कम्पनीमार्फत एक जना पनि व्यक्ति जापान वा कुनै देशमा भिजिट भिसामा गएकै छैनन् भन्ने दाबी गर्दै प्रमाण माग गरे।
‘यदि कसैले प्रमाण दिन्छ कि हामीले पैसा लिएका छौं र मान्छे फर्किएका छैनन् भने म जिम्मेवारी लिन्छु। होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ’ उनले भने।
डीपी बाेल्दै गर्दा रामहरिले पनि प्रतिवाद गरेका थिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया