बुधबार, ०१ जुलाई २०२६

राजतन्त्र १८ वर्षअघि नै भूत भइसक्यो, अब भविष्य छैनः गोकुल बास्कोटा

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा १८ वर्षअघि नै भूत भइसकेको राजतन्त्रको भविष्य नभएको टिप्पणी गरेका छन्। काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका हुन्। ‘राजतन्त्रको च्याप्टर आजभन्दा १८ वर्षअघि नै क्लोज भइसक्यो। इतिहासको पांग्रा अब पछाडि फर्किँदैन,’ बास्कोटाले भने, ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१२ देशका राजदूतलाई इलाममा परराष्ट्र मन्त्रालयको ‘डिप्लोम्याटिक रिट्रिट’

नयाँबर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन्। परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन्। उनीहरूले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरू खिचेका थिए। त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन्। परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवर्द्धनका लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन्। मन्त्री देउवासहित राजदूतहरूले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे। होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

जिब्रो छेंडेर मनाइने ‘बिस्का’ जात्रा : केही मिथक, केही सत्यांश

एउटा बोडेमा बिस्का जात्राको दिन मनाइन्छ भने अर्को थिमिमा पूर्णिमाका दिन मनाइन्छ। थिमिमा मनाइने जिब्रो छेड्ने जात्रासँग सम्बन्धित जात्राको इतिहासलाई खोतल्ने हो भने जिब्रो छेडिसकेपछि सियोलाई निकालेर बोडेको हकमा गणेश मन्दिरको दलिनमा गएर ठोक्ने गरिन्छ। थिमिको हकमा भने बालकुमारी मन्दिरको थाम र काठको स्टकचरमा लगेर ठोकिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

शिक्षकलाई सडकमै छोडेर भर्ना अभियान सुरु, प्रधानमन्त्रीले के भने?

तर शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारी शिक्षकजति आन्दोलनमा भएका कारण यसपालि यो भर्ना अभियान प्रभावित हुनेछ। लामो समयदेखि शिक्षकहरू आन्दोलनमै रहेपछि सरकारी विद्यालयमा वार्षिक परीक्षाका नतिजासमेत प्रकाशित हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चितवन पुगेर प्रचण्डले भनेः अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नयाँ वर्षपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने आधारहरू बनेको दाबी गरेका छन्। आइतबार चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा नयाँ वर्षमा नयाँ सरकारको सम्भावना रहेको बताएका हुन्। उनले आफ्नो ध्यान सरकारतिर नभउपनि पछिल्लो राजनीतिक परिस्थितिले त्यतैतिर होहोर्‍याएको बताए। प्रचण्डले भने, ‘हाम्रो ध्यान सरकारतिर त्यति छैन। तर यो सरकार धेरै अगाडि जान सहज नभएको परिस्थिति देखिराख्या छ। त्यसकारण कुनै पनि सम्भावना हुन सक्छ।’ उनले आफूले पहिलेदेखि नै सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताउँदै आएको उल्लेख गरे।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘राजा’काे सन्देश: तीनकुने घटनामा दुःखी, जनता जागेकाेमा ‘खुसी’

उनले भनेका छन्, ‘केही दिनअघिको जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जुनप्रकारको मानवीय र भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।’ उनले सबै नेपालीहरूलाई एकतावद्ध हुन आह्वानसमेत गरेका छन्। उनले नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै वाद नहुने बताए। उनले भनेका छन्, ‘हाम्राे आह्वान कसैकाे निजी स्वार्थपूर्तिका लागि हाेइन। कुनै सैद्धान्तिक वाद र विचारकाे हाेइन। समग्र नेपाल र नेपालीकाे सुखमय प्रतिष्ठाकाे निम्ति हाे। हरेक समस्याकाे समाधान आसपी सहकार्य, समन्वयबाट हुन्छ।’ पूर्वराजाले राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमाेजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाकाे परम्परामा आफ्नो मान्यतामा सधैं अडिग रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत तुलसीपुर, बुटवल इजलासका नाममा लामिछानेलाई थुनामा पठाउने आधार, प्रमाण र कारणसहितको लिखित कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। उक्त प्रतिवेदन प्राप्त भएपछि मात्र सर्वोच्चले लामिछानेले दायर गरेको रिट खारेज गर्ने वा आदेश बदर गर्ने भन्ने आदेश दिनेछ। सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । रवि पत्नी निकिता पौडेलले पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा चैत २९ गते ‘थुनुवा दफा ७३’ निवदेन दायर गरेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकको माग तत्काल पूरा गर्न सरकारको ध्यान जानुपर्छः देउवा

उनले भने, ‘शिक्षक आन्दोलनको बारेमा सरकारसँग मैले कुरा गरेको छु। छिट्टै मिलाएर आन्दोलनलाई रोक्नुपर्छ। शिक्षकहरूको माग के हो? त्यो पूरा गर्न पनि सरकारको ध्यान जानुपर्छ।’ यस्तै, उनले नेपालको संविधान अत्यन्तै राम्रो संविधान भएको भन्दै यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता रहेको बताए। उनले भने, ‘हाम्रो देश समानुपातिक समावेशीको आधारमा अगाडि बढिरहेको छ। यसमा मुस्लिम समाजको पनि प्रतिनिधित्व रहेको छ। त्यसकारण नेपालको संविधान अत्यन्तै राम्रो संविधान हो। यसमा सबैलाई मिलाएर अगाडि बढ्ने क्षमता छ। यसमा जनजाती, आदिबासी, मुस्लिम, थारु, मधेशी, महिलालगायत सबैको समावेशिता छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा दायर रिटको सुनुवाइ सकिएको छ। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ सकिएको हो। आदेश आजै आउने बताइएको छ। शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्फ्युपछि सुनसान विरगंज, ४० जना पक्राउ

पर्सा प्रहरीले कर्फ्यु उल्लंघन गरेको आरोपमा ४० जनालाई  पक्राउ गरेको छ। आइतबार बिहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। स्थानीय प्रशासनले लगाएकोकर्फ्यु उल्लंघन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले बताए। स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे। अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेसम्मका लागि कर्फ्युको समय थपेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

रविको रिट न्यायाधीश ढुंगानाको इजलासमा, सुनुवाइ जारी

रास्वपा सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेश बदर गर्न माग गरिएको रिटको सुनुवाइ जारी छ। शुक्रवार रवि पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो। आइतबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भइरहेको छ। सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीले एक करोड रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो। तर उच्च अदालतले थुनामा पठाउने आदेश गरेपछि रवि जेल चलान भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चारदेशीय सिरिज जित्न नेपालले पायो १७५ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै

हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजको उपाधिका लागि नेपालले नेपालले १७५ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। त्यस्तै क्लिन्टो एन्टोले २६, मोहम्मद उमर अब्दुल्लाले २३ रन बनाउँदा मिट भावसारले १६ रन बनाए। बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २-२ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

विरगंजमा लम्बियो कर्फ्यु, सेना परिचालन

विरगंजमा दुई समुदायबीच झडप भएर स्थिति तनावग्रस्त भएपछि हिजोदेखि लगाइएको कर्फ्युको समय थप गरिएको छ। शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। हिजो साँझ साढे ६ बजेदेखि आज मध्याह्न १२ बजेसम्मका लागि जारी कर्फ्युको समय आज राती १२ बजेसम्मका लागि थप गरिएको छ। कर्फ्युको समयमा पनि झडप नरोकिएपछि स्थिति सामान्य बनाउन र शान्ति सुव्यवस्था कायम गराउन भन्दै सेना समेत परिचालन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ?

गत चैत २९ गतेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियारले तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिमा ल्याएर बयान गराउनुपर्ने धारणा राखे। उनले चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक घटनामा सन्दर्भमा पूर्वराजाको भूमिका रहेको भन्दै संसदीय समितिमा बोलाएर बयान लिनुपर्ने बताएका थिए। परियारको भनाइपछि राजनीतिक वृतमा पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ कि मिल्दैन? भन्ने विषयमा बहस सुरु भएका छन्। वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा पूर्वराजा एक सामान्य नागरिकको हैसियतमा रहेकाले संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा केपी ओली उतार्दा एमालेको साढे १२ लाख खर्च, सरकारको एक रुपैयाँ पनि नलिएको दाबी

नेकपा एमालेले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेशस्तरीय जनजागरण सभाको खर्च विवरण सार्वजनिक गरेको छ। एमाले कोशीले सार्वजनिक गरेको विवरणअनुसार सभाका लागि १२ लाख ६५हजार खर्च भएको छ। कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए। आइतबार प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले कार्यक्रममा सरकारको एकपैसा पनि नलिएको दाबी गरे। उनले कार्यक्रममा सहभागीहरूले वडा-वडाबाट आफ्नै खर्चमा सहभागी भएको दाबीसमेत गरे।  वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

चारदेशीय टी-२० सिरिज फाइनलः नेपाल टस जितेर फिल्डिङमा, कुवेतको आक्रमक सुरुवात

हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरेको छ। कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रेको हो। ताजा अवस्थामा कुवेतले ३ ओभरको समाप्तिमा बिना विकेटको क्षति ४० रना बनाएर खेलिरहेको छ। नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

शिक्षकहरू अझै सडकमै, सरकार ‘छलफल’मै

शिक्षकहरूको आन्दोलनका कारण सरकारी विद्यालयहरूमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन हुन सकेका छैनन्। वार्षिक परीक्षाका नजिता प्रकाशन गरेर वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्नुपर्ने विद्यालयहरू आन्दोलनकै कारण बन्द अवस्थामा छन्। नतिजासमेत प्रकाशन हुन सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन

पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विरगंज तनावग्रस्तः कर्फ्यु आदेश जारी

पर्साको वीरगञ्जमा दुई पक्षबिचको झडपले स्थिति तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकपछी वीरगञ्जका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु आदेशमा आज साँझ ६ः३० बजेदेखि  आइतबार मध्याह्न १२ बजेसम्म रहने उल्लेख छ। पूर्वमा भेडियाहिचोक, पश्चिममा सिर्सया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट सम्म कर्फ्यु आदेश जारी गरेको छ। सो सिमानाभित्र कसैलाई आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदशन, सभा, बैठक, घेराउलगायत गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - विरगंज

एमाले असफल भए देश नै असफल हुन्छ, एमालेविनाको नेपालको सपना देख्नेहरू देशद्रोहीः ओली

नेकपा एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसका दिन काठमाडौंमा युवा महोत्सव आयोजना गर्दैछ। एमालेले महोत्सवमा ४० वर्षमुनिका युवाहरूलाई काठमाडौंमा भेला गर्दैछ।  शनिबार एमालेको झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन पार्टीका युवाहरूलाई आह्वान गरेका छन्। उनले ११ गते काठमाडौंमा कसैले भेला पार्न नसक्ने संख्यामा युवाहरू भेला पार्ने दाबी गरे। उनले भने, ‘एमालेको साथमा युवा छैनन्, एमालेका युवाहरु सिद्दिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौं। म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन। युवाहरूले आफ्नो सामर्थ्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ। आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा