बिएल संवाददाता
रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण ६ जना चिनियाँ, तीन नेपाल प्रहरी र ९ जना नेपाली नागरिक बेपत्ता भएका छन्।
आज बिहानैदेखि भोटेकोशी र चीन-नेपाल सीमानाको ल्हेन्दे खोलामा आएको बाढीले ठूल धनजनको क्षति गरेको हो। बाढीले टिमुरेस्थित भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। चीन जोड्ने मितेरी पुलसहित भन्सार क्षेत्रमा राखिएका विद्युतीय गाडी र कन्टेनरहरू बगाएको छ।
सशस्त्र प्रहरीको विवरण अनुसार सम्पर्कविहीन हुनेहरूको विवरण:
नेपाल प्रहरीहरू
१. प्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।
२. जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।
३. प्र.चौ. लाङटाङ रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बझाङ बुंगल न.पा. वडा नं.०९ बस्ने वर्ष २३ को प्र.ज. लोकेन्द्र बोहोरा ।
नेपाली नागरिकहरू
१. जिल्ला बर्दिया बस्ने वर्ष ३६ को जिपन चौधरी
२. ऐ.ऐ. बस्ने वर्ष ३५ को सन्तोष दइत
३. ऐ.ऐ. बस्ने वर्ष २५ को बुद्दीराम थारु
४. ऐ.ऐ. बस्ने वर्ष २४ को लक्ष्मीनारायण थारु
५. ऐ.ऐ. बस्ने वर्ष ३० को सुरेश थारु
६. जिल्ला बाग्लुङ बस्ने वर्ष नखुलेको नरेन्द्र वि.क.
७. जिल्ला सि.पा. घर भएको कन्टेनर डिब्बा चालक वर्ष नखुलेको फुर्वा लामा
८. वतन नखुलेको मिक्चर चालक वर्ष नखुलेकोगोविन्द मोक्तान
९. वतन नखुलेको हाइलक्स चालक वर्ष नखुलेको लोकमान तामाङ
चिनियाँ नागरिकहरू
१. वर्ष नखुलेको पुरुष YU YUE
२. वर्ष नखुलेको पुरुष LI HUAQING
३. वर्ष नखुलेको पुरुष YANG CHUAN
४. वर्ष नखुलेको पुरुष YU HAI HANG
५. वर्ष नखुलेको पुरुष YOU XIAO QIU
६. वर्ष नखुलेको पुरुष JOU YONG
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया