नेपालको पहिलो प्रधानमन्त्री महिला बन्ने आरजुको रोडम्याप
कांग्रेस सभापति शेरबहादुर देउबाकी पत्नी आरजु नेपालको पहिलो प्रधानमन्त्री महिला हुने रोडम्यापमा अगाडि बढेजस्तो देखिन्छ । यसका लागि उनलाई चाहिने तीन पक्ष हुन्, श्रीमान् देउबाको आशीर्वाद, मित्रराष्ट्र भारतको समर्थन र ओलीको स्वीकारोक्ति । श्रीमानको आशीर्वाद त डिफल्ट छँदैथियो, गत हप्ताको भारत भ्रमणबाट भारतीय समर्थन पनि जुटिसकेजस्तो देखिन्छ । यी दुबैको सुइँको पाएका वाचाल ओलीले महिला प्रधानमन्त्रीको पासा नै फ्याँकेका छन्।
बिएल संवाददाता - वासिङ्टन डीसी