रास्वपा नेता मोहन थापा अमेरिकामा पक्राउ, एक सातासम्म गोप्य राखियो पक्राउको जानकारी
थापा बाल्टिमोरस्थित नेपालीहरूको छाता संगठन बानाका पूर्व अध्यक्षसमेत हुन्। उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीले जानकारी गराए। थापा लामो समयदेखि नेपाल अमेरिका ओहोरदोहोर गरिरहन्थे। रास्वपा पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग पैसा लेनदेनमा मुछिएका थापामाथि नेपालमा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु भएपछि अमेरिका फर्किएका थिए।
बिएल संवाददाता - काठमाडौं