बिएल संवाददाता
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नै पार्टीको सरकारका पालामा भ्रष्टाचारका अनेकौं काण्डहरू बाहिरिएपछि दिक्दारी व्यक्त गरेका छन्।
भक्तपुरका मालपोत प्रमुख घुससहित रंगेहात पक्राउ परेपछि नेता रिजालले भूमिसुधार मन्त्रीप्रति आशंका व्यक्त गरेका छन्। उनले कर्मचारीको मात्रै हिम्मतले यत्रो काण्ड हुन नसक्ने जिकिर गरेका छन्।
घुसकाण्डमा मुछिएपछि सामान्य प्रशासनमन्त्रीले राजीनामा दिँदा पनि भूमिसुधारमन्त्री भने ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन गरिरहेको बताएका हुन्।
उनले भनेका छन्, ‘यस्तो ‘हिम्मत’सँग कायल नभइरहन सकिएन। घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन छन्। यस्तो बेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकीहाकी साढे २४ लाख रकम असुल्छन्। यो उनको मात्रै हिम्मत होला त? यस्तो काम चुपचाप कति भइरहेको होला- मालपोत र नापीमा?’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया