बिएल संवाददाता
नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नै पार्टीको सरकारका पालामा भ्रष्टाचारका अनेकौं काण्डहरू बाहिरिएपछि दिक्दारी व्यक्त गरेका छन्।
भक्तपुरका मालपोत प्रमुख घुससहित रंगेहात पक्राउ परेपछि नेता रिजालले भूमिसुधार मन्त्रीप्रति आशंका व्यक्त गरेका छन्। उनले कर्मचारीको मात्रै हिम्मतले यत्रो काण्ड हुन नसक्ने जिकिर गरेका छन्।
घुसकाण्डमा मुछिएपछि सामान्य प्रशासनमन्त्रीले राजीनामा दिँदा पनि भूमिसुधारमन्त्री भने ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन गरिरहेको बताएका हुन्।
उनले भनेका छन्, ‘यस्तो ‘हिम्मत’सँग कायल नभइरहन सकिएन। घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) ‘मैले खाएको छैन’ भन्नमै असिनपसिन छन्। यस्तो बेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकीहाकी साढे २४ लाख रकम असुल्छन्। यो उनको मात्रै हिम्मत होला त? यस्तो काम चुपचाप कति भइरहेको होला- मालपोत र नापीमा?’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया