बिएल संवाददाता
नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने तयारी गरेको छ।
एमालेले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने गरी विधान संशोधन गर्ने तयारी गरेको हो।
आज दिउँसो १ बजे च्यासलमा बस्न लागेको पार्टीको सचिवालय बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने वरिष्ठ उपाध्यक्ष पद खारेजसहित संशोधन प्रस्ताव बारे निर्णय गर्न लागेको हो।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा उक्त संशोधन प्रस्ताव अघि बढाइएको एमालेका एक केन्द्रीय सदस्यले बताए। आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीमा हुने विधान महाधिवेशनबाट उक्त संशोधनसहित प्रस्ताव पारित गराउने गरी आन्तरिक गृहकार्य सुरु भइसकेको ती नेताले बताए।
हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेर लागेपछि ओली उनीप्रति असन्तुष्ट छन्। उक्त संशोधनसहित विधान पारित भएमा उनलाई सकस पर्ने देखिन्छ।
एमाले स्रोतका अनुसार पार्टीले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्दै सहअध्यक्षको प्रस्ताव अघि सारेको छ। ११ औँ महाधिवेशनमा नेतृत्वको लिने रणनीतिसाथ सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यवस्थापनको लागि सहअध्यक्षको प्रस्ताव अघि सारेको स्रोतले बतायो।
जनसंगठनमा पनि वरिष्ठ पद हटाइएकाले पार्टीमा पनि नराख्ने कि भनेर बहस भइरहेको एक पदाधिकारीले बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया