बिएल संवाददाता
नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद नै खारेज गर्ने तयारी गरेको छ।
एमालेले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने गरी विधान संशोधन गर्ने तयारी गरेको हो।
आज दिउँसो १ बजे च्यासलमा बस्न लागेको पार्टीको सचिवालय बैठकले आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने वरिष्ठ उपाध्यक्ष पद खारेजसहित संशोधन प्रस्ताव बारे निर्णय गर्न लागेको हो।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा उक्त संशोधन प्रस्ताव अघि बढाइएको एमालेका एक केन्द्रीय सदस्यले बताए। आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावारीमा हुने विधान महाधिवेशनबाट उक्त संशोधनसहित प्रस्ताव पारित गराउने गरी आन्तरिक गृहकार्य सुरु भइसकेको ती नेताले बताए।
हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेर लागेपछि ओली उनीप्रति असन्तुष्ट छन्। उक्त संशोधनसहित विधान पारित भएमा उनलाई सकस पर्ने देखिन्छ।
एमाले स्रोतका अनुसार पार्टीले वरिष्ठ उपाध्यक्ष पद खारेज गर्दै सहअध्यक्षको प्रस्ताव अघि सारेको छ। ११ औँ महाधिवेशनमा नेतृत्वको लिने रणनीतिसाथ सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्या भण्डारीको व्यवस्थापनको लागि सहअध्यक्षको प्रस्ताव अघि सारेको स्रोतले बतायो।
जनसंगठनमा पनि वरिष्ठ पद हटाइएकाले पार्टीमा पनि नराख्ने कि भनेर बहस भइरहेको एक पदाधिकारीले बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया