बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संघीय मामिला तथा सामान्य मन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्तामाथि छानबिन हुने र दोषी देखिए कारबाही हुने बताएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीहरूको प्रश्नमा जवाफ फर्काउँदै उनले ‘घुस डिल’ प्रकरणमा मुछिएका तत्कालीन मन्त्री गुप्ताबारे सरकारको धारणा बताएका हुन्।
‘प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनमा दिने काम भइसकेको छ। भ्रष्टाचार गर्ने मन्त्री होस् वा सचिव वा अरु जोकोही भए पनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने सरकारको धारण हो’ मन्त्री गुरुङले भने ‘उहाँले राजीनामा दिइसक्नुभएको छ र नयाँ मन्त्री पनि आइसक्नुभएको छ। अब छानबिन होला दोषी देखिए सबैलाई कारबाही हुन्छ।
सत्य र तथ्यमा आधारित रहेर सरकार अघि बढ्ने स्पष्ट पार्दै मन्त्री गुरुङले छानबिन हुनेमा विश्वस्त पनि पारे।
‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्नहरू पनि छन्। अघि बढ्दै जाला। जो सुकै दोषी भए पनि सरकारले आँखा चिम्लिनुपर्छ भन्नु हुँदैन’ मन्त्री गुरुङले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया