बिएल संवाददाता
सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संघीय मामिला तथा सामान्य मन्त्रीबाट राजीनामा दिएका राजकुमार गुप्तामाथि छानबिन हुने र दोषी देखिए कारबाही हुने बताएका छन्।
सिंहदरबारमा सञ्चारकर्मीहरूको प्रश्नमा जवाफ फर्काउँदै उनले ‘घुस डिल’ प्रकरणमा मुछिएका तत्कालीन मन्त्री गुप्ताबारे सरकारको धारणा बताएका हुन्।
‘प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनमा दिने काम भइसकेको छ। भ्रष्टाचार गर्ने मन्त्री होस् वा सचिव वा अरु जोकोही भए पनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने सरकारको धारण हो’ मन्त्री गुरुङले भने ‘उहाँले राजीनामा दिइसक्नुभएको छ र नयाँ मन्त्री पनि आइसक्नुभएको छ। अब छानबिन होला दोषी देखिए सबैलाई कारबाही हुन्छ।
सत्य र तथ्यमा आधारित रहेर सरकार अघि बढ्ने स्पष्ट पार्दै मन्त्री गुरुङले छानबिन हुनेमा विश्वस्त पनि पारे।
‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्नहरू पनि छन्। अघि बढ्दै जाला। जो सुकै दोषी भए पनि सरकारले आँखा चिम्लिनुपर्छ भन्नु हुँदैन’ मन्त्री गुरुङले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया