बिएल संवाददाता
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस प्रकरणको अडियो आफ्नो नभएको दाबी गरेका छन्। उनले आफ्नो अभिष्ट पूरा नभएपछि चरिहत्या गर्ने प्रयास भएको जिकिर गरे।
बिहीबार मन्त्रालयमा आफ्नो एक वर्षे प्रगति प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कास्कीका मालपोत अधिकृतको सरुवा गर्न चाहने व्यक्तिले आफ्नो उद्देश्य पूरा नपाएपछि अडियो सार्वजनिक गरेको दाबी गरे।
उनले भने, ‘मालपोत अधिकृत फिर्ता गर्न आएका थिए, मैले हुन्न भनेपछि यी कुरा बाहिर आएका हुन्। मालपोत अधिकृत पुसमै सरुवा हुनुभएको हो। उहाँले त्यहाँ बस्दिनँ, जान्छु पनि भन्नुभएको थिएन। त्यसैले सरुवा गर्ने कुरै थिएन, त्यो पूरा नभएपछि चरित्रहत्या गर्न खोजियो।’
अडिओमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू आफूसँग सम्बन्धित नभएको पनि जिकिर गरे। उनले सञ्चारकर्मीहरूलाई पनि आफ्नोबारेमा लेख्दा तथ्यमा केन्द्रीत भएर सोधेर लेख्न आग्रह गरे।
कहीँ कतै आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको पनि बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया