बिएल संवाददाता
रामेछापको उमाकुण्ड गाउँपालिका-६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ।
स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
गम्भीर अवस्थामा रहेकी एलिसालाई बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौं पठाइएको र अहिले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिए।
खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया