बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानबिन गर्न माग गरेकी छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अडियो प्रकरण छानबिनको माग गरेकी हुन्।
उनले मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् भन्दै प्रश्न गरिन्।
उनले भनिन्, ‘जिल्लाको भूमि आयोगको अध्यक्षहरूमा सेटिङ, किन भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजिएको बुझियो। आफू अनुकूल मान्छे, आफू अनुकूल कानुन। एउटा मन्त्रीले अर्को मन्त्रीलाई पेलेको छ। यसको छानबिनको हामी माग गर्छौं। सम्बन्धित ठाउँ भनेको कसको कुन ठाउँ हो? अडिओमा भनिएको ‘बा’ भनेको के हुन्?’
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो। उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक-पटक लिइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया