मन्त्री परिवर्तनबारे जानकारी छैन– उद्योग मन्त्री मातृका यादव

File Photo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्री परिवर्तनबारे आफूलाई थाहा नभएको बताएका छन्। पेट्रोलियम पदार्थको अन्वेषणका लागि दैलेख जाने क्रममा सुर्खेत विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै उनले मन्त्री फेरबदलको विषय प्रधानमन्त्रीलाई मात्र थाहा हुने बताए।

उनले भने, “को मन्त्री परिवर्तन हुने हो?, त्यो हामीलाई थाहा हुने कुरा होइन। प्रधानमन्त्रीलाई थाहा हुने विषय हो। मलाई यसबारे केही थाहा छैन् ।”

उनले पेट्रोलियम पदार्थको अन्वेषणपछि मात्र उत्खननको टुङ्गो लाग्ने बताए। मन्त्री यादवले केही व्यवहारिक समस्यालाई हल गरेर पश्चिम सुर्खेतको चौकुने सिमेन्ट कारखाना छिट्टै सञ्चालनमा ल्याउन पहल गरिने जानकारी दिए।

प्रकाशित मिति: : 2019-06-30 22:55:01

प्रतिकृया दिनुहोस्