अमेरिकी राष्ट्रपति पहिलो पल्ट उत्तर कोरियाको सीमामा

तस्बिरः एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली प्रायद्धीपको असैनिक क्षेत्रमा पहिलोपल्ट उत्तर कोरियाली नेता किम जोङ अनसँग भेटेका छन्। उनीहरू बीच एक वर्षमा तेस्रो भेट हो।

भेटका क्रममा अमेरिकी राष्ट्रपतिले किललाई वासिङ्टनको निम्तो दिएका छन्। भेटका क्रममा अमेरिकी राष्ट्रपतिले पछिल्लो समय उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध सुधारोन्मुख रहेको बताएका छन्।

दक्षिण र उत्तर कोरिया तथा अमेरिकाबीच पहिलोपल्ट त्रिपक्षीय बैठक भएको हो। उत्तरको समकक्षीसँग भेटवार्ता गर्नुअघि ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग भेट गरेका थिए। यसपछि उनी उत्तर कोरियाको सीमा नजिकै पुगेका थिए।

उत्तर कोरियाको सीमा नजिकै पुगेका ट्रम्पलाई राष्ट्रपति किमले स्वागत गर्दै धन्यवाद ज्ञापन गरे। यस अवसरमा ट्रम्पले ठट्टा गर्दै भने, ‘किम भेट्न नआएको भए मलाई नमज्जा लाग्थ्यो। मैले किमलाई वाइटआउट आउन निमन्त्रणा दिएको छु।’

ट्रम्पले कोरियाली प्रायद्धीपमा किमलाई भेट्न जानुअघि ट्वीट गर्दै भनेका थिए, ‘उत्तर कोरियाको सीमामा प्रवेश गर्ने पहिलो राष्ट्रपतिको गौरव हासिल गर्न लागेकोमा म ‘महान अनुभूति’ गरिरहेको छु।’
उत्तर कोरियालाई परमाणु निरस्त्रीकरणका लागि अमेरिकाले दबाव दिँदै आइरहेको छ।

 

 

प्रकाशित मिति: : 2019-06-30 18:01:56

प्रतिकृया दिनुहोस्