पोखरेललाई नागरिक उड्डयनको जिम्मेवारी

बिएल

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा राजन पोखरेल नियुक्त भएका छन् । उनलाई मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नियुक्त गरेको हो ।

यसअघि उनी प्राधिकरणकै निमित्त महानिर्देशक थिए।

महानिर्देशक पोखरेलले युरोपेली सङ्घ (इयू) को उडान सुरक्षा सूचि हटाउन, नेपालको उड्डयन सुरक्षामा उपलब्ध परिणामलाई निरन्तरता दिँदै अझ प्रभावकारी बनाउन, नागरिक उड्डयनको संस्थागत सुधार प्रमुख चुनौति भएको बताएका छन्।

२०४७ सालमा तत्कालीन हवाई सेवा विभागबाट राजपत्राङिकत तृतीय श्रेणी (प्राविधि सेवा) मा सेवा प्रवेश गरेका पोखरेलसँग नागरिक उड्डयन सुरक्षामा विशेष अनुभव छ । पोखरेलको एयर ट्राफिक कन्ट्रोलर, विमानस्थल प्रमुख, हवाई कानुन, हवाई सम्झौता, दुर्घटना जाँच, उड्डयन सुरक्षा नियमनमा अनुभव रहेको छ ।

प्रकाशित मिति: : 2019-06-28 23:40:59

प्रतिकृया दिनुहोस्