सिमलताल पहिराे

ठुलाे चुम्बक प्रयाेग गरेर बेपत्ता बस र यात्रुको खाेजी गरिँदै

Break n Links
Break n Links

चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुइटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा तीन जनाको शव फेला परेको छ। जसमध्ये दुई जनाको मात्र पहिचान खुल्न आएको छ।

दुई जनामध्ये सर्लाही बरहथवा नगरपालिका– ३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन्। बाँकी यात्रु र बसको भने आज पनि खोजी सुरु भएको छ।

शनिबार क्यामेरा प्रयाेग गरेर खाेजी कार्य गरिएकाेमा आज भने ठुलाे चुम्बक प्रयाेग गर्ने प्रहरीले जनाएकाे छ।

भरतपुर महानगरपालिका– २९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।

काठमाडौँबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ।

यता बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2024-07-14 08:16:00

प्रतिकृया दिनुहोस्