कैलाली।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभाको आइतबारको बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत् गरेका हुन् ।
जसमा चालू खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बजेट विजियोजन गरिएको छ ।
प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिँचाइ, उर्जा, तटबन्धलगायत पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रमका लागि चार करोड, खप्तडमा पर्यटकीय होमस्टे निर्माणको योजना पनि बजेटमा अटाएको छ ।
गोदावरीमा स्थायी राजधानी स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले ‘ निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ। भने प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोड रकम प्रदेश सरकारले विनियोजन गरिएको छ ।
हेर्नुहोस् पूर्ण पाठ