भारत नेपालमा हिन्दुराष्ट्र चाहन्छः कालीदास बाबा

Break n Links
Break n Links

भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याए।

‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ। नेपालका नेताहरूले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो। उहाँहरूले मसँगको कुराकानीमा बाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ। हामीले पहिल्यैदेखि देवीदेवता, देउराली, ढुंगा, आकाश-पाताल, पृथ्वी, कुल मान्दै आएका हौं। त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन्।’

हालै काठमाडौंमा भएको राजावादीहरूको प्रदर्शनमा योगी आदित्यनाथको तस्बिर सार्वजनिक भएको विषयमा उनले भने, ‘गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ। राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ।’

राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरूले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उनले आपत्ति पनि जनाए।

उनले देश नै उत्तेजित भएको अवस्थामा उच्चपदको जिम्मेवारीमा बसेको नेताहरूले  पानी हालेर निभाउनुपर्नेमा अपशब्द प्रयोग गरेर गाली गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेको बताए।

विदेशमा गएर पसिना बगाएका युवाहरूले पठाएको रेमिटेन्सबाट नेताहरूले आफ्नो स्वार्थसिद्धि गरेको उनले आरोप लगाए। उनले जलस्रोत, खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमान नेपालीहरुका नेपाल आज धरधरी रोइरहेको बताए।

उनले भने, ‘हाम्रा युवायुवती विदेशमा गएर कष्ट गरेर एकएक पैसा कमाएर शरिरको रगत, पानी, पसिना बगाएर ल्याएको पैसा ट्याक्सका रुपमा लिएर नेताहरूले आफ्नो स्वार्थसिद्धि गरेका छन्। लश्रोत, खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमानी नेपालीहरू धर्तीमा आज धरधरी रोइराखेका छन्।’

त्यस्तै उनले विगत केही समयदेखि नेपालमा हर तरहका संकटहरू आइराखेको बताए। मुलुक रहने हो या डुब्ने हो भन्ने अवस्थामा आज नेपाल पुगेको उनको भनाई छ।

प्रकाशित मिति: : 2025-03-16 16:04:00

प्रतिकृया दिनुहोस्