पत्रकारको नाक भाच्ने अभिव्यक्ति दिएर चर्चा र विवादमा आएका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले माफी मागेका छन्।
जेठ २६ गते एक प्रेश विज्ञप्ति जारी गर्दै मेयर चौधरीले अवउप्रान्त यस्तो गल्ती नदोहोर्याउने भन्दै माफी मागेका हुन् ।
सञ्चारजगत प्रति चोट पुर्याउने आफ्नो विचार नभएको भन्दै सञ्चारजगतमा पर्न गएको चोटप्रति क्षमा याचना माग्दै मेयर चौधरीले माफी मागेका हुन्।
आफ्नो क्षेत्र र नगर विकासको निम्ति आफू सधैव तत्पर रहने भन्दै भष्टचार अभियानमा सबैलाई सहयोग गर्न मेयर चौधरीले आग्रह समेत गरेका छन्।
चौधरीको भ्रष्टाचार विरोधी मान्यतामा शंका गर्ने कुनै ठाउँ नभए पनि पदीय मर्यादाअनुकुल अभिव्यक्ति नभएको भन्दै यसअघि नेकपाका स्थायी कमिटी सदस्यहरु शंखर पोखरेल र योगेश भट्टराई क्षमायाचना गर्न आग्रह गरेका थिए।
यस्तै मेयर द्धारिकालाल चौधरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्र विरोधी अभिव्यक्ति दिँदै हिँडेको भन्दै पत्रकार महासंघले आपत्ति जनाउँदै आफ्नो भनाई सच्याउन अल्टिमेटमसमेत दिएको थियो।
पत्रकार महासंघ सुनसरीले शनिबार एक विज्ञप्ती जारी गर्दै पत्रकारमाथि भएको दुर्व्यवहारप्रति माफी माग्न र प्रेसप्रतिको दुष्टिकोण सार्वजनिक गर्न ४८ घण्टे अल्टिमेटमसमेत दिएको थियो।
समाचार संकलनको लागि प्रतिक्रिया लिन पुगेका पत्रकारद्वय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई मेयरले दुर्व्यवहार गरेका थिए।