माल्दिभ्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको सर्वोच्च सम्मान ‘रुल अफ निशान इज्जुद्धिन’ बाट सम्मानित गरेको छ।
भारतको १७ औं लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतसहित दोस्रो कार्यकालका लागि प्रधानम्नत्री नियुक्त भएका मोदीले शनिवार माल्दिभ्सको भ्रमण गरेका थिए। दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएपछि मोदीको यो पहिलो विदेश भ्रमण थियो।
उनले शनिवार माल्दिभ्सको सांसद भवनमा सम्बोधन पनि गरेका थिए। मोदीको यो समेत सातौं विदेशी सम्मान हो।