सुरक्षा निकायमाथि आक्रमण गर्ने नीति छैन : नेकपा (विज्ञप्तिसहित)

तस्बिरः नेत्र विक्रम चन्द विप्लव

नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको स्पष्ट पारेको छ।

सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको दाबी गरेको छ।

पार्टी प्रवक्ता प्रकाण्डले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्धारा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको बताएका छन्।

प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा पूर्वी नेपालमा दमन गर्ने उद्देश्य अनुरूप झूट्टा समाचारप्रसारण गराइएको उल्लेख गरिएको छ ।

एकाएक सामाजिक सञ्जालमा सोलुखुम्बुमा विप्लव नेतृत्वको नेकपाले प्रहरी चौकी आक्रमण गर्ने हल्ला सार्वजनिक भएपछि नेकपाले आफ्नो आधिकारिक भनाइ सार्वजनिक गर्न विज्ञप्ति जारी गरेको हो।

नेपाल कम्युनिस्ट पार्टीले पहिलेदेखि नै आफ्नो पार्टीको सङ्घर्ष दलालर भ्रष्टाचारीहरूसँग भएको तर सुरक्षा निकायमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउँदै आएको छ।

यस्ता समाचारलाई आफ्नो पार्टी र सुरक्षा निकायबीचको दूरी बढाउने बनावटी प्रचारबाजी मात्र भएको पनि नेकपाले बताउँदै आएको छ।

विज्ञप्तिको पूर्णपाठ

प्रकाशित मिति: : 2019-06-03 18:11:30

प्रतिकृया दिनुहोस्