मन्त्रिपरिषद् निर्णय

कृषि सुधारका लागि साढे ९ अर्ब ऋण लिँदै सरकार

Break n Links
Break n Links

सरकारले कृषि सुधारका लागि ९ अर्ब ४५ करोड (५३.४ मिलियन एस.डि.आर) रुपैयाँ बराबर विदेशी ऋण लिने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने उक्त ऋण लिने निर्णय गरेको हो।

यस्तै मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

साथै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगायतका आयोजनामा आ.व. २०८१÷८२ का लागि २१० अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि सरकारले निर्णय गरेको छ । 

प्रकाशित मिति: : 2024-09-13 18:37:00

प्रतिकृया दिनुहोस्