भारतमा मतगणना जारी: नरेन्द्र मोदी नै प्रधानमन्त्री बन्ने प्रारम्भिक रूझान

भारतमा जारी मतगणनामा सत्तारूढ भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन(एनडिए) ठुलो बहुमतका साथ अगाडि बढिरहेको छ। 

प्रारम्भिक रूझानमा एनडीएले तीनसय सिट कटाएको छ भने कांग्रेस नतृत्वको युपीए (युनाइटेड एलायन्स) ले एकसय सिट कटाएको छ। अन्य पार्टीहरूको पक्षमा ८८ सिट गएको छ। 

कूल ५४३सिट रहेको लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक हुन्छ। एनडीएले यसअघि जितेको सिटजति नजिते पनि सरकार उसकै बन्ने रूझानल् प्रष्ट देखाएको छ। 

सत्तारूढ गठबन्धनका ठूला नेताहरू मतगणनामा अघि रहे पनि अमेठीमा कांग्रेस अध्यक्ष राहुल गान्धी स्मिता इरानीसँग पछि परेका छन्। यसगरी कांग्रेसका अन्य ठूला नेताहरू पनि पछि चलिरहेका छन्। 

यो सबै प्रारम्भिक रूझान हो तर यही रूझानकै आधारमा लगभग परिणाम आउँछ। 

स्थानीय समयअनुसार बिहान ८ बजेबाट मतगणना शुरु भएको हो। ९० करोड मतदाता भएको भारतमा ११ अप्रिलदेखि १९ मेसम्म निर्वाचन भएको थियो।

मत परिणामले कसको सरकार बन्ने भन्ने पनि निश्चित गर्नेछ। भारतीय तल्लो सदन लोकसभामा ५४३ सिट छन्। यसका लागि ८ हजार ४० उम्मेदवार मैदानमा थिए।

 

प्रकाशित मिति: : 2019-05-23 10:20:13

प्रतिकृया दिनुहोस्