‘चीन–अमेरिका एउटै दिशातिर अघि बढ्नुपर्ने’ -वाणिज्य मन्त्री शान

एजेन्सी

चीन–अमेरिका आर्थिक व्यापार वार्तामा पालना गर्नुपर्ने सिद्धान्त नै एक–अर्काको सम्मानमा समान तथा हितका लागि आवश्यक भएको चीनका वाणिज्य मन्त्री चुङ शानले बताएका छन्।

दुवै पक्षका कार्य टोली बीच व्यापारविवादलाई समाधान गर्न र समान व्यापार सम्झौताका लागि छलफल चलिरहेको र आपसी सम्झौताको लागि दुवै पक्षले एउटै दिशातिर अघि बढ्नु आवश्यक रहेको उनको भनाई छ ।

वाणिज्य मन्त्री शानले तेह्रौं राष्ट्रिय जन कांग्रेस दोस्रो अधिवेशनको उद्धाटन समारोहपछि ’मन्त्री च्यानल’मा उक्त भनाई राखेका हुन्।

आपसी सम्झौता भएमा चीन र अमेरिका दुवै मुलुकलगायत विश्वको आर्थिक विकासको लागि पनि हितयुक्त हुने विश्वास पनि मन्त्री चुङले व्यक्त गरे।

प्रकाशित मिति: : 2019-03-05 23:07:20

प्रतिकृया दिनुहोस्