
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
बिएल संवाददाता
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निकट सहयोगी एंव एमाले उपमहासचिव विष्णु रिमाल सामाजिक सञ्जालमा यतिबेला मजाकको पात्र बनिरहेका छन्। कारण– फेसबुक पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आयाेभने पार्टीले बहुमत ल्याउँछ रे!
पार्टीभित्र ‘फेसबुके नेता’ भनेर चिनिने उनी हिजोआज फेसबुकको ‘लाइक–कमेन्ट–शेयर’मै अल्झिएको एमालेवृत्तमा टिकाटिप्पणी भइरहेको छ।
काठमाडौँ महानगरका मेयर बालेन साह र धरान उपमहानगरका मेयर हर्क साम्पाङले फेसबुक पेजमा कति ‘लाइक–कमेन्ट’ पाउँछन् भन्दै उनी विश्लेषण गर्दै बसिरहेका रहेछन्।
‘कमरेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आयोभने पार्टीले बहुमत ल्यायो,’ रिमालले एउटा भिडियाेमा भनेका छन्। स्राेतकाअनुसार चुनावअघिकाे त्याे भिडियाे अहिले भाइरल भइरहेकाे छ।
खासमा उनी एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदाका मुख्य सहयोगी र ‘केपी शर्मा ओली’ नामक फेसबुक पेजको प्रयोगकर्ता हुन्। एमालेका एक पाेलिटव्यूराे सदस्यकाअनुसार रिमाल आफैँले अध्यक्ष ओलीको ‘फेसबुक, टुइटर र टिकटक’ पेज चलाइदिन्छन्।
बेलाबेला सार्वजनिक समारोहमा बोल्न नजानेर वा गलत शब्द चयन गर्दा विवादित बन्ने गरेका रिमाललाई पार्टीका अन्य नेताहरू ‘समानुपातिक नेता’ भनेर जिस्क्याउँछन्।
एमाले नेताहरू भन्छन्– रिमालले अघिल्लो कार्यकालमा सांसद र अहिले पार्टीको उपमहासचिव पद जितेर पाएका होइनन्, ओली समूहको गुनगान गाउँदा पुरस्कार पाएका हुन्।
‘रिमालजीले वडाध्यक्ष पनि जित्नुहुन्न नि, उहाँ सधैं छानिने हो, जित्ने होइन। एमालेको नबौँ महाधिवेनमा अरुले पदाधिकारी जित्दा उहाँले सचिवमै हार्नुभयो। रिमालजी फेसबुके नेता हो। फेसबुकमा लाइक–कमेन्ट धेरै आएपछि एमालेले बुहमत ल्याउँछ भन्नुहुन्छ,’ ओलीनिकट एक पोलिटव्यूरो सदस्यले भने।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया