प्रधानमन्त्री ओलीलाई भारतको पहिलो बधाई

File Photo
File Photo

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो अन्तराष्ट्रिय बधाई दिएका छन्।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।

साथै मोदीले पारस्परिक लाभकारी सहयोगलाई विस्तार गर्न नजिकबाट काम गर्न तत्पर रहेको जिकिर गरेका छन्। यसैगरी नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि मोदीले व्यक्त गरेका छन्।

तर देशभित्र चर्चा नयाँ सरकार बनेको जति छ, त्योभन्दा बढी आलोचना दलका नेताहरुको 'धोखेवाज' प्रवृत्तिको भइरहेको छ।

पछिल्लो गठबन्धन बन्नुमा सैद्धान्तिक आधार कहीँकतै छैनन्। केवल पात्रको प्रवृत्ति प्राधन छ। जसका कारण प्रधानमन्त्री फेरवदल भइरहन्छन्। बाह्य शक्ति कारक तत्वको रहेको र उसको भूमिका स्पष्ट त नहोलान यद्यपी इण्डो-पयासिफिक रणनीति र बिआरआईका बाछिट्टा पक्कै छन्।

राजनीतिक दलका नेतृत्वकर्ताहरुको 'देख्लास् र पख्लास्' प्रवृत्तिका अग्ला पर्खाल अनि अविश्वासका गहिरा खाडल छन्।

नयाँ गठबन्धनबाट सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री ओली र सत्ता साझेदार दलहरुले मन्त्रिपरिषद गठन भइसकदा समेत आपसमा भएको सहमति वा सम्झौतालाई आम नागरिकका अघिल्लतिर सार्वजनिक गर्न नसक्नु नै यो गठबन्धनको धरातल कमजाेर छ भन्ने संकेत गर्दछ।

चालवाजहरुको रणनीति जतिबेला पनि फेरबदल हुनसक्छ। पछिल्लो कार्यकालमा राष्ट्रवादको जामा पहिरिएर सत्तारोहण अनि संविधान मिचेर आदालतको झापडले वहिर्गमन भएका थिए प्रधानमन्त्री ओली।

शपथ नखाँदै प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध सोमबार सर्वोच्चमा रिट दर्ता भएको छ। अदालतले यसमाथि आफ्नो न्याय सम्पादन गर्ने नै छ।

शपथसँगै राजनीतिक वृत्तमा प्रधानमन्त्री ओलीको यो कार्यकालको आयु र भविष्यका विषयमा टिकाटिप्पणी सुरु भइकेका छन्।

प्रकाशित मिति: : 2024-07-15 12:18:00

प्रतिकृया दिनुहोस्