विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष डा. मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज तत्कालीन कोषाध्यक्ष डा. थापासहित कोषको तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकाल र कोषको स्टोरकिपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गत असोज १४ गते तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै रु. एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो।