भारतमा संगठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्दैन थियो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतमा राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताएका छन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौं स्मृति दिवसको सन्दर्भमा आयोजित स्मृति ग्रन्थ लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्।

उनले भारतमा राम्रो संगठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउन मुस्किल हुनेसमेत बताए।

उनले भने, ‘भारतमा हामीले राम्रो संगठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो । भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरू भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौँ । कार्यकर्ता प्राप्त गर्यौँ, लड्ने योद्धाहरू सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरू पनि भयो । सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इन्डियामा भएका लाखौँ नेपालीहरूलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका रह्यो । त्यसो गर्नेमा राजनीतिक नेताहरूको भन्दा कमरेड खुसीराम पाख्रिन जस्ता सांस्कृतिक कर्मीहरूको भूमिका बढी महत्त्वपूर्ण भयो । यसले निकै छिटो गतिमा नेपालीहरूलाई सङ्गठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्‍यो ।’

प्रधानमन्त्री दाहालले पाख्रिनको स्मृति ग्रन्थले भावि पुस्तालाई उनको योगदानको बारेमा बुझाउन सघाउने बताए।ब

प्रकाशित मिति: : 2023-11-25 18:28:00

प्रतिकृया दिनुहोस्