पाकिस्तानबाट हजाराैँ अफगान शरणार्थी स्वदेश फर्किए

सोमबार ५ हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्।

अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन्।

त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको  पनि मन्त्रालयले जनाएको छ। तथ्यांक अनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै सङ्माख्या इरानमा रहेको  बताइएको छ।

विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन्।

अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ। 

प्रकाशित मिति: : 2023-11-14 20:51:00

प्रतिकृया दिनुहोस्