कांग्रेसको छवि धूमिल भएकामा नेता कोइराला चिन्तित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेताहरुको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाएकाे छ।

कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताए। बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरुकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गरे।

नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता कोइरालाले अब हुने सबै निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे। उक्त सम्मेलनलाई संस्थापन पक्षका नेताले बहिष्कार गरेका थिए।

प्रकाशित मिति: : 2023-11-04 21:43:00

प्रतिकृया दिनुहोस्