नेपाली सेनाले यमबहादुर अधिकारीकाे पदाेन्नतिमा कुनै राजनीतिक दबाब नरहेकाे दाबी गरेकाे छ। अधिकारीकाे पदाेन्नति प्रक्रियालाई लिएर विवाद उत्पन्न भइरहेका बेला सेनाले एक विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पारेकाे हाे।
‘प्रारम्भिक चरणमै रहेको उक्त प्रक्रियामा विभागीय मन्त्रीलगायत राजनीतिक नेतृत्व र प्रधान सेनापतिको स्वार्थ र दबाब रहेको भन्ने निराधार एवम् कपोलकल्पित सामग्रीको समेत नेपाली सेना खण्डन गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ,‘हरेक तह वा दर्जामा पदोन्नतिको स्पष्ट प्रावधान र प्रक्रिया रहेको नेपाली सेनामा ब्यक्ति विशेषको पदोन्नतिका लागि राजनीतिक नेतृत्व तहबाट दबाब रहेको भन्नुमा कुनै सत्यता छैन।’
सेनाले अधिकारीकाे उदाेन्नतिकाे विषयलाई लिएर सञ्चार माध्यममा भएका टिकाटिप्पणीप्रति आपत्ति जनाएकाे छ। ‘पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहुँदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढङ्गले सञ्चार माध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ,’ सेनाले लेखेकाे छ।
सरकारले सहायक रथीको विशेष पदमा अधिकारीको दोस्रो पटक पदावधि तीन वर्षको लागि थप गर्ने निर्णय गरेको छ।