रूकुमेली गाउँमा ट्रम्प कि कमला?

Break n Links
Break n Links

संयुक्त राज्य अमेरिकामा यही नोभेम्बर ५ मा नयाँ राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। नयाँ राष्ट्रपतिका लागि पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस मैदानमा छन्।

राष्ट्रपतिकाे मैदानमा रहेका ट्रम्प र ह्यारिसमध्ये कसले बाजी मार्ला? निर्वाचनकाे मिति नजिकिँदै गर्दा अमेरिकी नागरिकहरूमा चासाे नहुने कुरै भएन। विश्वका अन्य राष्ट्रमा पनि याे चुनाव चासाेकाे विषय बन्छ र बनिरहेकाे छ।

अमेरिकी निर्वाचन विशेषतः अन्य राष्ट्रका लागि नयाँ राष्ट्रपतिले लिने नीति कस्ताे हुने भन्ने विषयले गर्दा चासाे र बहसमा रहने गर्छ। जुन बढी अन्य राष्ट्रका नीति निर्माताहरूमा केन्द्रित हुन्छ।

तर अहिले अमेरिकी निर्वाचनकाे बहस रूकुम (पूर्व र पश्चिम) का गाउँगाउँमा पसेकाे छ। टाेलटाेलमा अमेरिकी निर्वाचनकाे चासाे देखिन्छ, जसरी नेपालकाे निर्वाचनकाे हुने गर्छ।

कार्तिक १२ गते अक्टाेबर २८ काे साँझ ६ बजेतिर रूकुम पूर्वकाे सिस्नेरी गाउँमा पुग्दा चार/पाँच जना मानिस गफिरहेका थिए। उनीहरूकाे गफमा चासाे थियाे, अमेरिकी निर्वाचन। र, ट्रम्प-ह्यारिसकाे प्रतिस्पर्धा।

अमेरिकी निर्वाचनकाे चासाे लिइरहेका उनीहरू युवाहरू हाेइनन्, बुढाैलितिर पुग्दै गरेका व्यक्तिहरू हुन्। जाे ट्र्म्प र ह्यारिस कसले बाजी मार्ला? अनेकन अड्कलबाजी गर्दै थिए।

एकैछिनपछि बिएल नेपाली सेवाकाे टीमसँग भेटिए स्थानीय गुमानसिं पुन। उमेरले बुढ्याैलीतिर पुग्दै गरेका उनलाई पनि अमेरिकी राष्ट्रपति काे बन्ला भन्ने चासाे रहेछ। उनलाई जस्तै सिस्नेरी गाउँमा अमेरिकी निर्वाचनकाे चासाे धेरै जसाेलाई रहेकाे उनी बताउँछन्।

‘अमेरिकामा काे राष्ट्रपति बन्छ भन्ने विषय मलाई मात्र हाेइन, यहाँ रहेका हरेकलाई छ। किनकि त्यहाँ राष्ट्रपति बन्ने कुराले यस गाउँमा असर गर्छ’, उनले भने। सिस्नेरी गाउँ रूकुम पूर्वकाे सिस्ने गाउँपालिका-७ मा पर्छ। जुन गाउँमा कुनै एक जना अमेरिका नपुगेकाे घर कमै मात्र भेटिन्छ। तर उनीहरू कानुनी प्रकृया पूरा गरेर गएका हाेइनन्।

तल्लाे बाटाे (अवैध रूपमा) अमेरिका पुगेका हुन्। दलाल (एजेन्ट)लाई माेटाे रकम (३० लाखदेखि १ कराेडसम्म) बुझाएर उनीहरू अमेरिका पुगेका हुन्। यसरी अमेरिका पुगेका काेही त्यहाँ बस्नका लागि अनुमति पाइसकेका छन् भने काेही पाउने पर्खाइमा छन्।

अमेरिकी निर्वाचनमा अब बन्ने राष्ट्रपतिले यसरी अवैध रूपमा अमेरिका पुगेकाहरूलाई कस्ताे नीति लिन्छ हाेला? भन्ने विषयले सिस्नेरी गाउँमा चासाे देखिएकाे हाे। राष्ट्रपतिकाे प्रतिस्पर्धामा रहेका ट्रम्प आप्रवासीका लागि कठाेर रहेकाे विषय यहाँ गाउँगाउँमा पनि चर्चा छ। ट्रम्पले जितेमा अवैध रूपमा अमेरिका पुगेका र पुग्दै गरेकालाई अप्ठ्याराे त पर्ने हाेइन? भन्ने चासाे यहाँ देखिएकाे हाे।

यसरी अवैध बाटाे हुँदै राेजगारी खाेजेर अमेरिका पुग्नेमा सिस्नेरी गाउँ मात्र हाेइन, रूकुम पूर्व र पश्चिमका अधिकांश गाउँका युवा छन्। जसले गर्दा रूकुममा अमेरिकी निर्वाचनकाे चासाे अझ बढी देखिन्छ। ‘यहाँ अमेरिकी निर्वाचनकाे चासाे छ’, रूकुम पश्चिम बाफिकाेट गाउँपालिका-६ मग्माका रमेश पुनले भने।

उनलाई पनि लाग्छ, अमेरिकी निर्वाचनले रूकुमलाई प्रभाव पार्छ। अमेरिका पुगिसकेका, पुग्दै गरेका र अमेरिका हिँड्ने तयारीमा रहेकालाई नयाँ राष्ट्रपतिले लिने आप्रवासन नीतिले असर गर्छ। अझ त्यसमा पनि ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएमा रूकुमलाई असर पुग्नेमा यहाँका नागरिकहरू देखिन्छन्।

ट्रम्पले यसअघि आप्रवासीहरूलाई अमेरिकाबाट लखेट्नेसम्मकाे अभिव्यक्ति दिएका थिए। जसले गर्दा कतै अमेरिका पुगेका रूकुमेली गाउँका नागरिकहरू पनि लखेटिनुपर्ने वा जाँदै गरेकाहरू फर्कनुपर्ने जाेखिम त हुने हाेइन? भन्ने कुराले यहाँ चासाे देखिएकाे छ।

अमेरिकी निर्वाचनले गर्दा अवैध रूपमा अमेरिका हिँडेका कयाैँ व्यक्तिहरू बाटाेमै राेकिएकाे देखिएकाेसमेत यहाँ बताइने गरिन्छ। ‘अमेरिकी निर्वाचनले गर्दा यहाँ जाने तयारी गरेकासमेत राेकिएका छन्’, बाफिकाेट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरले भने। उनले यदि ट्रम्पबाहेक अन्य व्यक्ति राष्ट्रपति बनेमा राेकिएका युवाहरू पनि अमेरिका हिँड्ने बताए।

गएकाे सेम्टेम्बरमा दुई राष्ट्रपतिका उम्मेदवार ट्रम्प र ह्यारिसबीच भएकाे बसहमा समेत ट्रम्पले आप्रवासीप्रति कठाेर अभिव्यक्ति दिएका थिए। उनले आप्रवासीले अमेरिकामा आएर कुकुरकाे मासु खाने गरेकाेसमेत बताएका थिए। उनकाे यस्ता अभिव्यक्तिले रूकुमेली गाउँ सशंकित देखिन्छ।

‘अवैध बाटाेबाट अमेरिका हिँडेकाहरूलाई पनि निर्वाचनले गर्दा दलालले बाटाेमै राेकेकाे कुरा पनि सुनिन्छ,’ सिस्ने गाउँपालिका-५ का वडाध्यक्ष विरेन्द्र बस्नेतले भने।

उनले अमेरिकी निर्वाचनले गर्दा अवैध बाटाेबाट अमेरिका हिँड्ने तरखरमा रहेका केही व्यक्तिहरू राेकिएकाे बताउँछन्।

अघिल्लाे कार्यकालमा ट्रम्प आप्रवासीप्रति सकारात्मक थिएनन्। जसले अवैध बाटाेबाट अमेरिका जानेसमेतलाई उनकाे कार्यकालमा असहज परिस्थिति बनेकाे रूकुमका गाउँमा बताइने गरिन्छ।

प्रकाशित मिति: : 2024-11-01 12:55:00

प्रतिकृया दिनुहोस्